आजको विदेशी विनिमय दर,कुन मुद्रा कतिमा खरिद-बिक्री?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बिहिबार अमेरिकी डलरको भाउ २१ पैसाले घटेको छ । बिहिबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६६ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४५ पैसामा कारोबार भएको थियो ।
बिहिबार युरोपियन युरोको भाउ एक रुपैयाँ २७ पैसाले घटेको छ । आज यूरो एकको खरिददर १४१ रुपैयाँ १८ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ८० पैसा तोकिएको छ । बुधबार युरोको खरिददर १४२ रुपैयाँ ४५ रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ०३ पैसा तोकिएको थियो ।
यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६९ रुपैयाँ ६० पैसा र बिक्रीदर १७० रुपैयाँ ३५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा दुइ रुपैयाँले घटेको छ । यसअघि बुधबार पाउण्ड खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको थियो ।
त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ३० पैसा र बिक्रीमा ९६ रुपैयाँ ७१ पैसा रहेको छ । उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ६९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ४१ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३० रूपैयाँ ४४ पैसा र बिक्रीदर ३० रूपैयाँ ५७ पैसा कायम गरेको छ ।
यसैगरी, बिहिबारको लागि कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४६ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १५ पैसा निर्धारण भएको छ।
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

