नेपाल आइपुग्यो एचपीभी खोपको १५ लाख मात्रा, मधेश बाहेक सबै प्रदेशमा वितरण
काठमाडौं । पाठेघरको क्यान्सरविरुद्धको एचपीभी ( ह्युमन पापिलोमा भाइरस ) खोपको १५ लाख मात्रा नेपाल आइपुगेको छ । सरकारले पाठेघरको क्यान्सरलाई रोकथाम गर्ने लक्ष्यसँगै एचपीभी खोप अभियान २०८१ र ०८२ को आयोजना गर्ने निर्णय गरेको छ । यस अभियानमा करिब १७ लाख किशोरीलाई खोप दिइने योजना छ ।
हालसम्म तीन चरणमा १५ लाख ४ सय मात्रा खोप नेपाल आइपुगेको छ । खोप सुपरभाइजर अधिकृत ओम प्रसाद उपाध्यायका अनुसार, उक्त खोप मधेश प्रदेश बाहेकका सबै प्रदेशहरूमा वितरण गरिसकिएको छ । थप २ लाख ६६ हजार २ सय मात्रा खोप आगामी पुस २८ गते नेपाल आइपुग्ने बताइएको छ ।
यही माघ २२ गतेदेखि कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० र १४ वर्षका किशोरीलाई खोप लगाइने छ । स्वास्थ्य मन्त्रालयका अनुसार, यस अभियानको उद्देश्य पाठेघरको मुखको क्यान्सरका कारण हुने अकाल मृत्युको जोखिमलाई घटाउनु हो ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


