चिसो र शीतलहरले महोत्तरीसहित तराई मधेसको जनजीवन प्रभावित
महोत्तरी । महोत्तरी लगायत तराई मधेसका क्षेत्रमा पाँच दिनदेखि निरन्तर चलिरहेको चिसो हावा र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोले दैनिक जीवन मात्र होइन, पशुचौपाया र बालीनालीमा पनि नकारात्मक प्रभाव पारेको छ ।
चिसोका कारण सदरमुकाम जलेश्वर लगायतका क्षेत्रहरूमा जनताको चहलपहल घटेको छ भने बाक्लो कुहिरोका कारण यातायातमा पनि कमी आएको छ । यसैबीच, चिसोका कारण बजार क्षेत्रमा कपडाको बिक्री बढेको छ तर हाटबजारमा चहलपहल घटेको छ । चियाको व्यापारमा भने वृद्धि भएको छ ।
जिल्लाका स्वास्थ्य केन्द्र र अस्पतालहरूमा चिसोका कारण बिरामीहरूको संख्या बढिरहेको चिकित्सकहरूले बताएका छन् । चिसोबाट विशेष गरी बालबालिका, वृद्धवृद्धा र सुत्केरी प्रभावित भएका छन् । उनीहरूमा रुघाखोकी, ज्वरो, दम र अंग सुनिने समस्या देखिएको छ ।
ग्रामीण भेगमा बस्तुभाउलाई पनि चिसोले समस्या पुर्याएको छ । चिसोबाट जोगिन स्थानीयहरू ठाउँठाउँमा आगो बालेर तापिरहेका छन् । चिसो हावाका कारण दैनिक जीवन थप कष्टकर बन्दै गएको छ भने यसबाट बच्न सबैलाई सावधानी अपनाउन सुझाव दिइएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

