महाकुम्भ सत्ययुग देखी नै चलि आएको हो त ?जान्नुहोस केही रोचक कथा
काठमाडौं । हिन्दु धर्मालम्बीहरूको सबैभन्दा ठूलो मेला महाकुम्भ हो, जुन हरेक १२ वर्षमा आयोजना हुने गर्दछ । सन् २०२५ मा प्रयागराजमा महाकुम्भ आयोजना हुँदैछ, यो महाकुम्भ मेला भने १२४ बर्ष पछि हुन लागेको हो ।
जुन महाकुम्भ दुइ दिन पछि अर्थात २९ पुसबाट सुरु हुँदैछ । आगामी ४५ दिनसम्म चल्ने महाकुम्भ पौष पूर्णिमाको दिनबाट सुरु भई फ्रेबुअरी २६ मा महाशिवरात्रिको दिनमा समापन हुनेछ ।
हिन्दू धार्मिक तथा पाैराणिक ग्रन्थहरूमा कुम्भ मेलालाई ‘अमर मेला’ भनिएको छ। त्यसैले कुम्भमेलामा लाखौं भक्तजन आफ्नो विवेक शुद्ध गर्न यस पवित्र स्थानमा स्नान गर्न आउँछन्। महाकुम्भमा विश्वभरका साधु तथा भक्तजनहरुले आस्थाको डुबकी लिने गर्दछन् । कुम्भ मेलामा शाही स्नानको विशेष महत्व हुन्छ ।
उसो भए पहिलो महाकुम्भ कहाँ र कसरी आयोजना भयो त जान्नुहोस् यससँग सम्बन्धित केही रोचक पौराणिक मान्यता र तथ्यहरूः
महाकुम्भको इतिहास निकै पुरानो छ । केही ग्रन्थहरुका अनुसार सत्ययुगमा पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । जसको सुरुवात शंकराचार्यले गरेका थिए । कतिपयले समुद्र मन्थनको बगैँचाबाट कुम्भ मेला सुरु भएको विश्वास गर्छन् । यस बारे विस्तृत जानकारी उपलब्ध छैन। विद्वानहरुका अनुसार कुम्भको परम्परा हजारौं वर्ष पुरानो भने हो, यसमा अब कुनै दुइ मत रहेको छैन ।
महाकुम्भको ऐतिहासिक उल्लेख पुरातन शिलालेखहरूमा पनि पाइन्छ। ईसा पूर्व ६०० मा बौद्ध लेखहरूमा नदीमा मेलाहरू लाग्ने गरेको र भगवानमा लिन भएको प्रमाणहरू उल्लेख छन ।
समुद्र मन्थनको समयमा देवता र दानवहरू अमृत पाउनका लागि लडिरहेका थिए, सोही क्रममा भगवान इन्द्रका छोरा जयन्त अमृत भाँडा लिएर भागिदिए, त्यसपछि ती दानवहरू पनि कलश लिन जयन्तको पछि लागे। यस समयमा राक्षस र देवताहरू बीच भयानक युद्ध भयो। जब जयन्त अमृत कलश लिएर भागे, अमृत कलशका केही थोपा भने चार ठाउँमा खसे, जहाँ आज महाकुम्भ आयोजना गरिन्छ। त्यसबेलादेखि, प्रयागराज, उज्जैन, नासिक, हरिद्वारमा कुम्भ मेला आयोजना गरिन थालिएको हो ।
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


