Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २७
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

रूपन्देही । श्रीमतीको हत्या आरोपमा रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४० वर्षीया कमला सेन खड्काको हत्या अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विषयमा झगडा हुँदा रूद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।  गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स