शाहरूख जब स्टार थिएनन, उनको फ्लाटमा चट्टाइमा घन्टौं गफिन्थ्याैंः मनिषा काेइराला
मुम्बइ । मनिषा कोइरालाले ९० को दशकमा फिल्मी पर्दामा हलचल मच्चाएकी थिइन्, उनको आकर्षण आज पनि उत्तिकै कायमै छ । हालैको एक अन्तर्वार्तामा मनिषा कोइरालाले शाहरुख खान र आफ्नो सुरुवाती दिनको बारेमा खुलेर कुरा गरेकी छिन् । मनिषाले भनिन्, ‘जब शाहरुख स्टार बनेका थिएनन् र माउन्ट मेरी अपार्टमेन्टमा बस्थे, त्यो बेला कस्तो वातावरण थियो त ?’ उनले सो कुरा बताएकी छिन् ।
मनिषा कोइरालाले सन् १९९८ मा शाहरुखसँग फिल्म ‘दिल से’ मा काम गरेकी थिइन् । शाहरुखसँगको आफ्नो सम्बन्धबारे ‘पिंकभिल्ला’सँग कुरा गर्दै मनिषाले दुवै जना फिल्ममा नयाँ हुँदाको बखतमा आफूले उनीसँग पहिलोपटक भेट भएको बताइन् । मनिषाका अनुसार उनी शाहरुख र गौरीसँग मात्रै ह्याङ्ग आउट गर्थिन्, शाहरुख त्यतिबेला माउन्ट मेरी अपार्टमेन्टमा बस्न गर्दथे।
मनिषा कोइरालाले भनिन्, ‘शाहरुख मेरो फिल्म करिअरको सुरूवाती देखिको साथी हुन् । मेरो सबै सामान लिएर उनको माउन्ट मेरी अपार्टमेन्टमा गएको याद छ, उनको फ्ल्याटको भुइँमा चटाई बिछ्याइएको थियो । हामी सबै त्यसमा बसेर गफ गर्थ्यौं ।’ मनिषाले यो पनि बताइन् कि शाहरुख नै पहिलो ब्यक्ति थिए, जसले मनिषालाइ आफ्नै घर किन्न सल्लाह दिएका थिए। अभिनेत्रीका अनुसार उनलाई यो सल्लाह दिने पहिलो व्यक्ति शाहरुख हुन ।
प्रोफेशनल फ्रन्टको कुरा गर्दा मनिषा कोइराला सन् २०२४ मा सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामाण्डीः द डायमण्ड बजार’ मा देखिएकी थिइन् । अब उनी यसको दोस्रो सिजनमा पनि देखिने छिन्, जसको छायांकन छिट्टै सुरु हुँदैछ । शाहरुख खान भने अभिषेक बच्चनसँगै छोरी सुहानाको मुख्य भूमिका रहेको ‘किंग’मा व्यस्त रहेका छन् ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


