पाकिस्तानमा बस एक आपसमा ठोक्किदा १० को मृत्यु
लाहौर । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बस र अर्को सवारीसाधन एक आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
सिन्धु राजमार्गमा करक जिल्लाको अम्बरी कल्ले चोकमा गाडी र बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । तीन जनाको घटनास्थलमै र सात जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ ।
सिन्धु राजमार्गमा करक जिल्लाको अम्बरी कल्ले चोकमा गाडी र बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको अस्पतालले जनाएको छ । जबकि अन्य सात जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पताल पुर्याएका थिए।
प्रहरी र उद्धारकर्मीले घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्याएका छन् । खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गण्डापुरले दुर्घटनामा १० यात्रुको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनामा घाइते भएका यात्रुलाई आवश्यक सबै स्वास्थ्य सुविधा उपलब्ध गराउन निर्देशन दिए ।
सम्बन्धित समाचार
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


