लस एन्जल्स आगलागीमा अहिलेसम्म २४ जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको लस एन्जलसमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या अहिलेसम्म २४ पुगेको छ । बिबिसीका अनुसार आगलागीमा १६ जना बेपत्ता रहेका छन् ।
आगो आवासीय क्षेत्रहरूमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहे पनि आगो नियन्त्रणमा लिन सकिरहेका छैनन् । पालिसेड्सको आगो रोक्नको लागि हवाई टोलीले आकाशबाट पानी छर्किरहेका छन् । प्यालिसेड्सको आगो ३७ हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र अब ब्रेन्टवुडतर्फ सरिरहेको छ ।
अर्कोतर्फ, पानीको अभावका कारण जनतामा बढ्दो आक्रोश देखेर अधिकारीहरू रक्षात्मक मोडमा देखिएको मिडिया रिपोर्टमा उल्लेख छ । यसैबीच रातमा हावा तीव्र हुन सक्ने सम्भावना रहेको मौसम विभागले चेतावनी दिएपछि आगो अझ तीव्र हुन सक्ने देखिएको छ ।
राष्ट्रिय मौसम सेवाले चेतावनी दिदै आगोलाई बढावा दिने बलियो सान्ता आना हावा शनिबार र आइतबार फेरि तीव्र हुन सक्ने बताएको छ । क्यालिफोर्नियाका सात छिमेकी राज्यहरू र संघीय सरकारले आगलागी नियन्त्रण गर्न सहयोग पठाएका छन् । छिमेकी देशहरू क्यानडा र मेक्सिकोले पनि सहयोग गरेका छन् ।
अमेरिकी इतिहासकै ठुलो आगलागी विपद बेहोरिरहेको ल्स एन्जल्समा लुटपाटका घटना पनि देखिएको रिपोर्टमा उल्लेख छ । प्रहरीले अहिलेसम्म लुटपाटमा संलग्न २९ जनालाई हिरासतमा लिएको जनाएको छ भने सुरक्षका लागि एक हजारभन्दा बढी सुरक्षकर्मी परिचालन गरिएको रिपोर्टमा बताइएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


