Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, ३
पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आयात हुने पेट्रोलमा २.२४ रुपैयाँ र डिजेलमा ३.५५ रुपैयाँ मूल्य बढेर आएको छ । भारतबाट मूल्य वृद्धि भएकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

नयाँ मूल्य बुधबार रातिदेखि लागू भएको छ । यससँगै पेट्रोल र डिजेलको मूल्य वृद्धि उपभोक्ताका लागि थप आर्थिक भार बन्ने देखिएको छ ।

 

 

naima expoTop Changing Nepal

युट्युब सट्स