Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नागरिकता बनाउने प्रकृया

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, ८

नागरिकताको प्रमाणपत्र भनेको के हो ?

नागरिकता कुनै पनि राज्यको वैध नागरिक रहेको तथ्यलाई पुष्टि गर्न व्यक्तिलाई राज्यले दिएको प्रमाण हो । नागरिकतासम्बन्धी परिचय
नागरिक राज्यको अभिन्न अंग हो । राज्यबाट प्राप्त हुनसक्ने सामाजिक, नागरिक, वैयक्तिक, राजनीतिक लगायतका सम्पूर्ण अधिकार प्राप्त र निश्चित कर्तव्य भएका व्यक्तिहरूलाई नागरिक भनिन्छ । साधारणतया संविधान अनुसार त्यस राष्ट्रमा बस्ने व्यक्तिलाई वंशज वा जन्मको आधारमा स्थायी बसोबास गरेका नाताले दिने नागरिक अधिकारलाई नागरिकता भनिन्छ ।
नेपालमा नागरिकताको किसिम
नेपालमा नागरिकताको किसिम नेपालमा देहाय बमोजिमको नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ः–
वंशज
जन्म
अङ्गीकृत
सम्मानार्थ

वंशजको आधारमा
कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने नेपालमा जो सुकै व्यक्ति १६ वर्ष पुगे पछि

वंशजको नाताले नेपालको नागरिकता प्राप्त गर्न सक्ने छन नागरिकता लिनको लागि पहिले

आफ्नो वडा वा गाविस बाट सिफारिस लिनु पर्छ र त्यस पछि जिल्ला प्रशाशन कार्यलय जानु पर्छ , नागरिकता बनाउँदा कुनै शुल्क लाग्दैन भने कागजात र प्रमाण पुगेमा एक  दिनमै नागरिकताकाे प्रमाण पत्र प्राप्त गर्न सकिन्छ।

अवश्यक कागजातहरू

बाबु भएको खण्डमा

१) नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ को फारममा गाविस भए गाविस अध्यक्ष वा उपाध्यक्ष, नगरपालिका भए प्रमुख तथा उपप्रमुख तथा जिविस भएमा जीवस सभापति वा उपसभापतिको सिफारिस |

२) बाबुको नागरिकता प्रमाणपत्र तथा विवाहित महिला भए श्रीमानको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

३) बाबु वा पतिको नागरिकता प्रमाणपत्रबाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाइ वा नजिकको अभिवावकको सनाखत |

४) उक्त प्रमाणहरु उपलब्ध हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै सर्जमिन आदि |

५) आफ्नो योग्यताको प्रमाणपत्रको प्रतिलिपि यदि नपढेको मान्छेको लागि जन्म दर्ताको प्रमाणपत्र |

५) ४ प्रति फोटो |

अहिले बाबु नभएको वा कतै गएको तर बाबुको नागरीकताको प्रमाण पत्र छ  भने

१) नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ को फारममा गाविस भए गाविस अध्यक्ष वा उपाध्यक्ष, नगरपालिका भए प्रमुख तथा उपप्रमुख तथा जिविस भएमा जीवस सभापति वा उपसभापतिको सिफारिस |

२) बाबुको नागरिकता प्रमाणपत्र तथा विवाहित महिला भए श्रीमानको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

३) बाबु नभएको खण्डमा सो नभए आमा, दाजु वा भाइ वा नजिकको अभिवावकको सनाखत |

४) उक्त प्रमाणहरु उपलब्ध हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै सर्जमिन आदि |

५) आफ्नो योग्यताको प्रमाणपत्रको प्रतिलिपि यदि नपढेको मान्छेको लागि जन्म दर्ताको प्रमाणपत्र |

६) ४ प्रति फोटो |

बाबु नभएको तथा बाबु हो भन्ने कुनै प्रमाण नभएको खण्डमा

१) नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ को फारममा गाविस भए गाविस अध्यक्ष वा उपाध्यक्ष, नगरपालिका भए प्रमुख तथा उपप्रमुख तथा जिविस भएमा जीवस सभापति वा उपसभापतिको सिफारिस |

२) उक्त प्रमाणहरु उपलब्ध हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै सर्जमिन आदि |

३) आफ्नो योग्यताको प्रमाणपत्रको प्रतिलिपि यदि नपढेको मान्छेको लागि जन्म दर्ताको प्रमाणपत्र |

४) जी.बि.स.ले सर्जमिनको सिफारिस गर्न जस्तै उसको बाबु थियो मोर्यो वा बेपत्ता छ भन्ने अरु नजिकको व्यक्तिको प्रमाण |

५) ४ प्रति फोटो |

 

 

अन्य जिल्लाबाट बसाई सराई गरी आउनेको हकमा
१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र .
२. जग्गाधनी प्रमाण पुर्जा .
३. घरको नक्सा पास प्रमाणपत्र .
४. पानी, विज’ली, टेलिफोन महस’ल कार्ड जस्ता घर बासको प्रमाण .
५. बसाई सरेर आउनेह?को लागि बसाइ सरी आएको जिल्लाबाट बाबु आमा वा
सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख
प्राप्त हुनु पर्नेछ

नागरीकता बनाउने प्रकृया

तोकिएको फारम भरि (फारम नागरिकता फाँटमा पाईन्छ) त्यहाको सहायता कक्षमा गएर फारम जांच गर्नु पर्छ |

नागरिकता फाँटको कर्मचारी बाट प्रमाणित भए अधिकृत संग सहि गराउने | यदि आफ्नो बुबा आउनु भएको छैन भने सहायक प्रमुख जिल्ला अधिकारी संग सहि गराउनु पर्छ |

सहि गरेपछि कम्प्युटरमा प्रविष्टि गराउने| (नेपालका सबै जिल्लामा यो सुबिधा नहुन सक्छ, जुन जिल्लामा यो सुबिधा छैन त्यहा बाट हस्तलिखित नागरिकता प्राप्त गर्न सकिन्छ।)

कम्प्युटर प्रविष्टि गराएपछि आफ्नो नागरिकताको नाम,ठेगाना, जन्म मिति अन्य कुराहरु ठिक छ कि छिन हेरी ठिक छ भने आफ्नो फोटो दिई प्रविष्टि फाईलमा सहि छाप लगाउनु र नागरिकता लिनु पर्छ |

आफ्नो नागरिकता र योग्यता प्रमाणपत्रको जन्म मिति मिल्नु पर्छ |

यदि नमिलेको खण्डमा ६ महिना भित्र सच्याउन पर्ने हुन्छ | यस्तो जन्ममिति र नामहरु बिग्रेको अवस्थामा पहिला फाईलमा सहि गर्ने प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ भने फेरी प्रतिलिपि लिनु पर्दैन यदि प्र.जी.अ. सरुवा भईसक्नु भएको अवस्थामा प्रतिलिपिको प्रक्रिया अगाडी बढाउन सकिन्छ |

बैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र लिन (महिलाका लागि) अावश्यक कागजातहरू 

१.अनुसूची ७ को फाराममा गा.वि.स. भए अध्यक्षको, न.पा. भएमा प्रमुख वा उपप्रमुख, जि.वि.स. भएमा सभापति वा उपसभापतिको सिफारिश ।

२. पतिको ना.प्र.को प्रतिलिपि ।

३. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।

५. पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको

नातेदारको सनाखत ।

६. श्यामश्वेत फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति)

७. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा ।

कर्मचारी परिवारको नाताले नागरिकताको प्रमाण पत्र लिनको लागि अावश्यक कागजातहरू 

१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र ।

२. अनुसूची १ – वंशज र अनुसूची ७ – वैवाहिक अंगीकृतको स्थानीय निकायबाट सिफारिस फाराम ।

३.  अटो साइजको फोटो २ प्रति (वंशज), ५ प्रति(वैवाहिक अंगीकृतका लागि)

४. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत ।

५. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक

परिचय पत्र ।

६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको

प्रमाणपत्र ।

अाफ्नो जिल्ला प्रशासन कार्यालय र प्रमुखको फोन तथा मोवाइल नं हेर्न यहि किल्क गर्नुहोस

नागरिकता प्रमाण बनाउन वडा कार्यलयमा नागरिकताको सिफारिस बनाउने प्रकृया थाहा पाउन

[btn link=”https://cyan-cat-721178.hostingersite.com/?p=7705″ target=””]यहाँ किल्क गर्नुहोस[/btn]

स्रोत नेपाल सरकार गृहमन्त्रालय

 

 

naima expoTop Changing Nepal

युट्युब सट्स