युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु
काठमाडौँ । इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएपछि पनि आक्रमण जारी छ ।
इजरायली मन्त्रिपरिषद्ले युद्धविराम सम्झौतामा मतदान गर्ने तयारी गरिरहेको बेला गाजा पट्टीमा आक्रमण गरेको हो । हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।
सिभिल डिफेन्स एजेन्सीले इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु भएको जनाएको छ । तर, यता अलजजिराले भने इजरायली आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीहरूको मृत्यु भएको दाबी गरेको छ ।
इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही बोलेको छैन । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ४६ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।
१५ महिनाको युद्धपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको छ । गाजामा प्यालेस्टिनीहरूले उत्सव मनाइरहेका छन् । यदि युद्धविराम अनुमोदित भएमा आइतबारदेखि लागू हुनेछ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


