चीनमा भु-उपग्रहमार्फत १.५० लाख किमी टाढा रहेका बिरामीकाे सफल शल्यक्रिया
बेइजिङ । चीनले हालै उपग्रह र रोबोटको प्रयोग गरेर १.५ लाख किलोमिटर टाढाबाट अल्ट्रा–रिमोट सर्जरी सफलतापूर्वक सम्पन्न गरेको छ।
चीनको पिपुल्स लिबरेशन आर्मी जनरल अस्पतालका डाक्टरहरूले एपस्टार–६डी ब्रोडब्यान्ड उपग्रहको सहयोगमा तिब्बत, युनान र हाइनानका पाँच बिरामीको शल्यक्रिया गरेका हुन्।
यी अपरेशनहरूमा कलेजो, पित्त थैली र प्यान्क्रियाजका रोगहरूको उपचार गरिएको थियो। यी सबै अपरेशनहरू चीनको स्वदेशी सर्जिकल रोबोटिक प्रणालीको सहयोगमा गरिएको जनाइएको छ । सो शल्यक्रिया पछि बिरामी पूर्ण रूपमा निको भएर भोलिपल्टै अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
शल्यक्रियाको क्रममा डाटा स्थानान्तरणले १,५०,००० किलोमिटरको दूरी कभर गरेको थियो, जुन चिकित्सा इतिहासमा पहिलो हो। चीनको यो स्याटेलाइट शल्यक्रिया प्रणालीले हिमाली र जलडमरू क्षेत्रमा सफलतापूर्वक जटिल अपरेशनहरू गर्न सक्षम छ भन्ने देखाएको छ ।
यो प्रविधिले युद्ध क्षेत्र र दुर्गम क्षेत्रहरूमा घाइते सैनिक र नागरिकहरूको उपचारमा क्रान्ति ल्याउन सक्छ। सन २०२० मा लन्च भएको एप स्टार–६डी ले १५ वर्षको आयुमा प्रति सेकेन्ड ५० जीबी डाटा ट्रान्सफर गर्न सक्छ।
यसले एशिया प्रशान्त क्षेत्र, समुद्री मार्गहरू र पृथ्वीको सतहको एक तिहाइ भाग समेट्छ। यस स्याटेलाइटको सहयोगमा विश्वभर २४ सै घण्टा चिकित्सा सेवा प्रदान गर्ने दिशामा यो ठूलो फड्को मानिँदै आएको छ । चीनको यो सफलता चिकित्सा क्षेत्रमा मात्र नभई सूचना प्रविधिको क्षेत्रमा पनि ठूलो उपलब्धि हो। यो प्रविधिले भविष्यमा खतरनाक चोटपटक र जटिल अपरेशनहरूको उपचार गर्न सजिलो बनाउन सक्छ।
सम्बन्धित समाचार
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


