रौतहटको गौरमा निःशुल्क शिविर : ५६५ जनाको आँखा परीक्षणमा २२७ लाई मोतिबिन्दु
रौतहट। गौर नगरपालिका स्थित आयोजित एक दिन निःशुल्क आँखा शिविरमा ५६५ जना मानिसको आँखाको परिक्षण गर्दा २२७ जनामा मोतिबिन्दु रोग देखिएको छ।
गौरका मेयर शम्भु साहको विशेष पहलमा आयोजित एक दिने निःशुल्क आँखाको शिविरमा ५६५ जनाको आँखा परिक्षण पछी ३३८ जनालाई निशुल्क चश्मा बितरण गरिएको थियो। परीक्षण गरिएको मध्ये २२७ जना महिला पुरुषको आँखामा डाक्टरले मोतिबिन्दु रोग ठहर गरेको शिविर संयोजक गौर आँखा अस्पतालका प्रतिनिधि सत्येन्द्र पाण्डेले जानकारी दिएका छन्।
डाँक फाउण्डेशनको सोहयोग गौर नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा शुक्रवार एकदिने निःशुल्क शिविरमा मोतिबिन्दु देखिएका विरामीहरुलाई भोली आईतवार देखि पूरेनवा आँखा अस्पतालमा क्रमसः अपरेसन गरिने शिविर ईन्चार्ज पाण्डेले बताएका छन्। विरामीहरुलाई गौरबाट आँखा अस्पताल सम्म ओहोर दोहोर गर्न अस्पतालको बसले सेवा दिनेछ।
निःशुल्क शिविरमा नेत्र अधिकृत शिवकुमार यादव, नेत्रसहायकद्धय सुयोग्य मगर र अफताव आलम दर्जी सहित ९ जना प्राविधिक टोलीले विरामीहरुको आँखाका परिक्षण गरेको थियो। नेत्र ज्योती संघ रौतहटका अध्यक्ष विजय सिंह, गौर आँखा अस्पतालका प्रशासकीय अधिकृत नागेश्वर प्रसाद चौधरी, लेखाअधिकृत पवन न्यौपानेले लगायतको टोलीले शिविरको निरीक्षण गरेको थियो ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

