मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन ?
मोरोक्को । सहरलाई सुन्दर बनाउने र त्यसको अवस्था सुधार्ने धेरै तरिका हुन सक्छ तर उत्तर अमेरिकी देश मोरक्कोमा ३० लाख सडक कुकुर मारिने भएका छन्। मोरक्कोले आफ्ना सहरहरूको रूप सुधार्न ३० लाख आवारा कुकुरहरूलाई मार्ने विचार गरिरहेको जनाइएको छ।
यो सफाई प्रयासले पशु अधिकारकर्मीहरूमा आक्रोश पैदा गरेको छ। मोरक्कोमा हरेक वर्ष ३ लाख सडक कुकुर मारिने गरेको रिपोर्टले देखाउँदै आएको छ । मोरक्कोले २०३० फिफा विश्वकप आयोजना गर्दैछ। मोरक्कोलाई सह आयोजक घोषणा गरे पछि सडक कुकुर मार्ने यो प्रक्रियाले थप गति पाएको जनाइएको छ ।
हरेक चार वर्षमा विश्वकपले संसारलाई बाँध्छ । विश्वको हरेक कुनाबाट अरबौं प्रशंसकहरूलाई आकर्षित गर्दछ तर मोरक्कोमा क्रूर सडक सफाई अभियानमा ३ लाख कुकुरहरू मारिइ सकेका छन्। फिफा फुटबल प्रतियोगिता मात्रै होइन, यो विश्वभरका मानिसहरूलाई जोड्ने सांस्कृतिक कार्यक्रम पनि हो।
यो खेल प्रशंसकहरूका लागि भावनात्मक यात्रा हो, जो यसलाई प्रत्यक्ष वा अन्य कुनै माध्यमबाट हेर्न उत्सुकतापूर्वक पर्खिरहेका छन्। खेलसँग यति धेरै भावना र जोश जोडिएको कार्यक्रम निर्दोष रूपमा सम्पन्न होस् भन्ने सुनिश्चित गर्न आयोजक राष्ट्रहरूमा ठूलो जिम्मेवारी हुनेछ । तर, मोरोक्कोले भने ३० लाख कुकुर मारिने भए पछि पशु अधिकारकर्मीले आपत्ति जनाएका छन् ।
सम्बन्धित समाचार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


