रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा
काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गतको खेलमा फराकिलो जित हासिल गर्दै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ। एटलेटिको म्याड्रिडको शीर्ष स्थान खोस्दै साबिक बिजेता म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो।
शीर्ष स्थान सुरक्षित गर्ने क्रममा आइतबा राति रियलले लास पाल्मासलाई ४-१ ले हरायो। जसमा केलियन एमबाप्पेको २ गोल रहेको थियो। घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पेसँगै ब्राहिम डियाज र रोड्रिगोले समान एक गोल गरे।
पाहुना टोलीका लागि फाबियो सिल्भाको गोल सान्त्वना बनेको थियो। खेलमा सुरुवाती अग्रता भने पाल्मासले लिएको थियो। सिल्भाले खेल सुरू भएको पहिलो मिनेटमा नै गोल गरेर अग्रता दिलाएका थिए।
तर, एमबाप्पेले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ३३औं मिनेटमा डियाजले गोल गरेपछि रियलले अग्रता दोब्बर पार्यो। त्यसको ३ मिनेटपछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेका थिए। रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपे।
जितसँगै २० खेलमा ४६ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ। समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ। ३९ अंकका साथ बार्सिलोना तेस्रो स्थानमा छ। २२ अंकसहित पाल्मस १४ औं स्थानमा छ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

