सिद्धार्थ बैंक: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५३ करोड २ लाख कमायो
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५३ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ ।
बैंकको नाफा गत आवको यसै अवधिको तुलनामा ५३.३६ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३० प्रतिशत तथा सञ्चालन आम्दानी ४.४० प्रतिशतले सामान्य आम्दानी आएपनि इम्पेयरमेन्ट चार्ज भारी मात्रमा बढेपछि नाफा उच्चदरले घटेको हो । तर, इम्पेयरमेन्ट चार्ज १ अर्ब १८ करोडबाट बढेर २ अर्ब २६ करोड पुगेको छ। इम्पेयरमेन्ट चार्ज उच्च भएपछि सञ्चालन मुनाफा ५४.३७ प्रतिशत घटेको छ ।बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ ।
सिद्धार्थको खराब कर्जा दर २.५६ प्रतिशत बाट बढेर ४.५० प्रतिशतमा पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १४ अर्ब २५ करोड रुपैयाँ जम्मा रहेको छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६५ पैसाले घटेर ७ रुपैयाँ ५३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १९८ रुपैयाँ ६१ पैसा रहेको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

