मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत वर्षको यसैअवधिको भन्दा १९.७९ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४२ करोड रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी ५.१० प्रतिशतले बढेर २ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ ।
गत वर्ष उक्त आम्दानी २ अर्ब ८ करोड थियो । यस बैंकको सञ्चालन नाफा पनि १६.४६ प्रतिशतले बढेको छ । त्यसैले पनि नाफामा सुधार आएको हो । बैंकले यो त्रैमासमा ७१ करोड ८५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
यसको वितरणयोग्य नाफा ५४ करोड २८ करोड रहेको छ । हाल यसको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३५ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ३६ पैसाले बढेर १४ रुपैयाँ २८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २८ पैसा रहेको छ । बैंकको खराब कर्जा (एनपीएल) भने २.५१ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


