फेब्रुअरीको अन्त्यसम्ममा हुन्डाई क्रेटा ईभी नेपालमा सार्वजनिक हुने
काठमाडौँ । हुन्डाई नेपाली बजारका लागि तयार गरिएका असाधारण उत्पादनहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताइएको छ। हुन्डाईले नेपाली ग्राहकहरूका लागि उत्कृष्ट उत्पादन प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः प्रकट गरेको छ। कम्पनीले नयाँ विद्युतीय सवारी हुन्डाई क्रेटा ईभी प्रति देखिएको सकारात्मक प्रतिक्रियाबाट प्रेरित हुँदै फेब्रुअरीको अन्त्यसम्म यो सवारी नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।
यो विशेष अवसरलाई अझ विशेष बनाउन हुन्डाईले ग्राहकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ। कम्पनीकाअनुसार यो सवारीको सबैभन्दा महत्वपूर्ण पक्ष यसको अद्वितीय ब्याट्री क्षमता हो। क्रेटा ईभीले प्रति किलोवाटघण्टा ८ किमी कुशलता प्रदान गर्ने बताइएको छ ।
४२ किलोवाट ब्याट्री क्षमता भएको हुन्डाई क्रेटाले प्रारम्भिक भेरियन्ट जसले ARAI प्रमाणित ३९० किमी रेञ्ज र नेपालको भौगोलिक अवस्थाका लागि ३००–३३० किमी प्रदान गर्दछ। नेपालका लागि डिजाइन गरिएको यो गाडी २०० एमएम ग्राउण्ड क्लिरेन्स र पहाडी तथा अफ-रोडका लागि उच्च टर्क क्षमता यसको मुख्य विशेषता हो। हिमाली क्षेत्रमा ब्याट्रीको प्रभावकारिता सुनिश्चित गर्न ब्याट्री हीटिङ प्रणाली पनि उपलब्ध रहेको छ।
सुरक्षाका लागि यसमा एड्भान्स हाई स्ट्रेन्थ स्टिलको प्रयोग गरिएको छ । यस बाहेक यसमा १९ सेफ्टी फंक्शनसहितको लेभल–२ एडास, ६ एयरब्याग, अल ह्विल डिस्क ब्रेक, ईपीबी, अटो होल्ड, हिल होल्ड असिस्ट, ईएससी, बीएसएम, आइसोफिक्स चाइल्ड एन्कोरेज, टीपीएमएस जस्ता फिचर रहेको छ । साथै एभीएम, बीभीएम, रेन सेन्सिङ वाइपर, पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर पनि उपलब्ध गराएको बताइएको छ ।
यसमा एड्भान्स क्लाइमेट कन्ट्रोल, बोसको ८ स्पिकर अडियो सिस्टम, १०.२५ इन्चको ड्युअल कर्भिलिनियर स्क्रिनसहितको एचडी इन्फोटेनमेन्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कुल्ड ग्लोभ बक्स, २६८ भाषामा भ्वाइस कमाण्ड, प्यानोरामिक सनरुफ, हुन्डाई ब्लुलिङ्क कनेक्टिभिटी जस्ता फिचर पाउन सकिन्छ ।
११kW एसी होम चार्जिङमार्फत ४ घण्टामै पूर्ण चार्ज हुने क्षमता यसमा समावेश छ भने प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिट, र एडभान्स्ड इन्फोटेनमेन्टका साथ क्रेटा ईभी नेपाली बजारमा दिगो गतिशीलताको नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको छ।
७० प्रतिशत भन्दा बढी स्थानिय कम्पोनेन्ट्स प्रयोग गरी निर्माण गरिएको क्रेटा ईभीमा हुन्डाईले उत्कृष्ट टेक्नोलोजी प्रदान गरेको छ । यसमा डिजिटल की, सिफ्ट बाइ वायर, सिंगल पेडल ड्राइभ, भेइकल टु लोड जस्ता प्रविधि उपलब्ध गराएको जनाइएको छ । हुन्डाई क्रेटा ईभी नेपालको दिगो मोबिलिटीको भिजनका लागि उपयुक्त छ, जसले ईभी बजारमा नयाँ बेन्चमार्क स्थापित गरेको बताइएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

