नेटाले प्राप्त गर्यो ८१८ मिलियन अमेरिकी डलर लगानी, अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य
काठमाडौँ । चिनियाँ कार निर्माता नेटाले हालै ६ अर्ब युआन ९८१८।८ मिलियन अमेरिकी डलर० लगानी प्राप्त गरेको छ। यो १ खर्ब नेपाली रुपैयाँ भन्दा बढी हो। सरकारी स्वामित्वको कम्पनीले नेटामा लगानी गरेको बताईएको छ। कार न्युज चाइनाका अनुसार थप लगानी पाएपछि कम्पनीले यस अघि रोकिएको कर्मचारीको तलव तिरेको छ र पुनः गाडी उत्पादन सुरु गरेको कम्पनिले बताएको छ।
बिक्रीलाई दोब्बर पार्दै नेटा मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुने जनाइएको छ । नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको देखिएको थियो
चाइना इभि डाटा ट्र्याकरका अनुसार नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार ५९२ युनिट बिक्री गरेको थियो, जसमा ४०।२ प्रतिशतको वार्षिक गिरावट देखिएको थियो ।तथापि, कम्पनीका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र २०२६ सम्म कम्पनी नाफामा आउने विश्वास व्यक्त गरेका छन्।
नेटाले ठूलो बाह्य लगानी प्राप्त गर्यो
डुन्युज रिपोर्टअनुसार, नेटाले करिब ६ अर्ब युआन लगानी प्राप्त गरेको छ । रिपोर्टका अनुसार, राज्य स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले यो लगानीमा सहभागिता जनाएको छ । २०२३ को जनवरीमा नेटा सीएटीएलको बेड्रोक च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको बताईएको छ।
निटाको एल क्रसओभर सीएटीएलको फ्रीभोय ब्याट्री ९सोडियम मिसिएको० प्रयोग गर्ने पहिलो मोडेलहरू मध्ये एक हो । त्यस्तै गरि यसले नेटा र सीएटीएलबीच लामो साझेदारी रहेको देखाउँछ। कम्पनीका एक कर्मचारीले बताए अनुसार कम्पनीले सञ्चालन सुनिश्चित गर्न आन्तरिक समायोजन पूरा गरिसकेको छ ।
अटोमोबाइल उत्पादन र बिक्रीपछिका पार्ट्स आपूर्ति कायम राख्न कम्पनीको मुख्य ध्यान केन्द्रित छ । हाल नेटाले चीनभित्र डिलरसिप नेटवर्कमा ध्यान केन्द्रित गरिरहेको छ ।
नेटाको ध्यान अन्तर्राष्ट्रिय बजारमा
१७ जनवरी २०२५ मा नेटाले दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो । २०२५ मा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर पार्ने लक्ष्य राखेको कम्पनिले बताएको छ । गत वर्ष, नेटाले अन्तर्राष्ट्रिय देशहरूमा ३० हजार युनिट गाडी बेचेको भने अहिलेको लक्ष्य भनेको ६० हजार युनिट बिक्री हो ।
नेटाले यसअघि दुईदेखि तीन वर्षभित्र आधा उत्पादनको बिक्री घरेलु बजार र आधा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना साझा गरेको थियो । घरेलु बजारमा भइरहेको कडा मूल्य प्रतिस्पर्धाबाट बच्न कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई अवसरको रूपमा लिएको छ । हाल नेटाले दक्षिणपूर्व एसिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशहरूमा १८० भन्दा बढी बिक्री च्यानल विस्तार गरेको बताइएको छ ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

