दुई भेरिएन्टमा आयो एवोन भी, यस्तो छ मूल्य र विशेषता
काठमाडौं– जिएसी एवोनको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नयाँ ईभी मोडल ‘एवोन भी’ सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले यो नयाँ ईलेक्ट्रिक एसयुभी सार्वजनिक गरेको हो ।
एवोन भी एलिट र लक्जरी गरी दुई भेरिएन्टमा आएको हो । जसको मूल्य क्रमशः ६४ लाख ९९ हजार र ६९ लाख ९९ हजार निर्धारण गरिएको छ । यस नयाँ कारको एलिट भेरियन्टमा ६२.७ किलोवाट आवरको र लक्जरी भेरिएन्टमा ७५.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । दुबै भेरिएन्टमा नयाँ विशेषतायुक्त म्यागेजिन ब्याट्री जाडन गरिएको हो ।जसको रेन्ज भने क्रमशः ५२० किलोमिटरको र ६५० किलोमिटर दाबी गरिएको छ ।
लक्जरी भेरियन्टमा चालक र सहचालकका लागि ८ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इनबिल्ट फ्रिजको सुविधा छ । दुबै भेरियन्टमा १५ ओटा स्मार्ट ड्राइभिङ फङ्सन, ७ एयरब्याग र फाइभ–स्टार सुरक्षा मापदण्ड रहेको छ ।

ग्राहक अनुभवलाई थप सहज बनाउन सीजी मोटर्सले सीजी केयर्स एप पनि सार्वजनिक गरेको छ । यस एपमार्फत २४ सै घण्टा रोड साइड असिस्टेन्स, सर्भिस सेन्टरको जानकारी, चार्जिङ स्टेसनको जानकारी लिन सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्र र २४० चार्जिङ स्टेसनमार्फत सेवा दिने जनाएको छ ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

