Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

भारतीय कमेडियन कपिल शर्मालाइ ज्यान मार्ने धम्की, प्रहरीमा उजुरी दर्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, १०
भारतीय कमेडियन कपिल शर्मालाइ ज्यान मार्ने धम्की, प्रहरीमा उजुरी दर्ता

मुम्बइ । भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर आएको छ । खासमा अहिले उनलाई अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ । कपिल शर्मा मात्र नभई उनका परिवारका सदस्य र सह–कलाकारलाई पनि ज्यान मार्ने धम्की आएको छ ।

यो अचम्मको घटना सार्वजनिक भएपछि मुम्बईको अम्बोली पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ । चाखलाग्दो कुरा के छ भने कपिल अघि अभिनेता राजपाल यादव, कोरियोग्राफर रेमो डिसुजा र कमेडियन सुगन्धा मिश्रालाई पनि यस्तो धम्कीपूर्ण इमेल आएको थियो ।

धम्की दिने इमेल पठाउनेले कपिल शर्मा र उनका आफन्त, परिवारका सदस्य, चिनजान, सहकर्मी, छिमेकीलगायत सबैलाई मार्ने धम्की दिएको छ । यस सम्बन्धमा मुम्बईको अम्बोली पुलिसले धारा ३५१ (३) अन्तर्गत मुद्दा दर्ता गरेको छ।

मुद्दा दर्ता भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । यद्यपी कपिल वा उनको परिवारको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । कपिललाई धम्की आएको इमेलको आईपी ठेगाना पाकिस्तानको भएको पनि जानकारी आएको छ ।

Top Changing Nepal

युट्युब सट्स