अमेरिकाको लस एन्जलसमा फेरि फैलियो डढेलो
जानकारी केन्द्र
२०८१, माघ, १०
काठमाडौँ । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा फेरि डढेलो लागेको छ। हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ माइल टाढा छ। बीबीसीका अनुसार यो आगलागी कास्टेइक तालनजिकैको पहाडी क्षेत्रमा भएको हो। जुननजिकै धेरै आवासीय क्षेत्र र विद्यालय छन्।
आगोको ज्वालाले ८ हजार एकडभन्दा बढी क्षेत्रफललाई ध्वस्त पारेको छ। यो आगो बढाउन तीव्र हावा र सुक्खा झाडीहरूले इन्धनको काम गरिरहेका छन्। यस आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा उक्त क्षेत्र छोड्न बाध्य भएका छन्।
अमेरिकाको क्यालिफोर्नियाका अग्निनियन्त्रकले अझै पनि जंगलमा लागेको आगो निभाउने प्रयास गरिरहेका छन्। आगलागी भएको एक हप्ताभन्दा बढी भइसक्यो। यसमा धेरै मानिसका आलिशान भवन ध्वस्त भए भने २५ जनाको मृत्यु भइसकेको छ।
सम्बन्धित समाचार
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

