Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आरम्भ चौतारी लघुवित्तको माघ १४ गते वार्षिक साधारण सभा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, ११
आरम्भ चौतारी लघुवित्तको माघ १४ गते वार्षिक साधारण सभा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । आरम्भ चौतारी लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश भने नदिने भएको छ । यसर्थ, यसपटक पनि कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा, बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजे सुरु हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स