तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या
जाजरकोट । जाजरकोटको बारेकोटमा एक तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या भएको छ । बारेकोट गाउँपालिका ७ स्याला निवासी शिवबहादुर सार्कीकी तीन वर्षीया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या भएको हो ।
बिहीबार दिउँसोदेखि हराइरहेकी उनको हत्या गरी परालले छोपेको अवस्थामा शव भेटिएको हो । परिवारले राति १० बजे मात्रै फेला पारेका थिए । बालिकाको बलात्कार प्रयासपछि घाँटी रेटेर हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।
बालिकाको हत्या आरोपमा प्रहरीले बारेकोट गाउँपालिका ६ ताँसीका १२ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार बालकले धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुलेको छ ।
‘बलात्कारको प्रयास गर्दा बालिका कराएपछि चक्कु प्रहार गरेको र मुख थुनेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रेप नै भएको चाँहि देखिदैन । तर, प्रयास गरेको अनुमान गर्न सकिन्छ,’ डीएसपी पाण्डेले भने ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

