अख्तियार प्रमुखकै सम्पत्ति विवरण सार्वजनिक माग गर्दै निवदेन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकामानसिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग अख्तियारमै तेस्रो पटक निवेदन परेको छ । दुई पटकको निवेदनलाई बेवास्ता गरिएको भन्दै भ्रस्टाचारविरुद्धको अभियान नेपालका सुमन श्रेष्ठले अर्को निवेदन दर्ता गराएका हुन ।
श्रेष्ठले करिब दुई महिना पहिले अख्तियारका सूचना अधिकारीलाई निवेदन दिएर कार्कीको सम्पत्ति विवरण माग गरेका थिए ।
त्यसपछि पनि कार्कीले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि उनले पुनः अर्को निवेदन दर्ता गराएका थिए । त्यसको पनि कुनै सुनुवाई नभएको भन्दै श्रेष्ठले बुधबार, अर्को निवेदन दर्ता गराएका हुन्।
श्रेष्ठले आज विज्ञप्ति जारी गरेर भ्रष्टाचार निवारणका लागि सर्वप्रथम भ्रष्टाचारविरोधी निकायहरू नै पारदर्शी रुपमा चल्नुपर्नेमा त्यसो नगर्दा आशंका उत्पन्न भएको भन्दै सम्पत्ति विवरण सार्वजनिक गर्न देखाएको आनाकानीले उनले नियतमाथि ठूलो नैतिक र कानुनी प्रश्न उठाएको बताएका छन ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


