पोखराको शिवचोकमा खुल्यो कजरियाको शोरुम
पोखरा, भारतको अग्रणी टायल उत्पादक कम्पनी कजरियाले पोखराको शिवचोकमा नयाँ शोरुम खोलेर नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको छ । धौलाश्री सप्लायर्सद्वारा सञ्चालित शोरुमको भव्य उद्घाटन समारोह २०८१ माघ १३ गते सम्पन्न भएको थियो, जसमा स्थानीय बासिन्दा तथा व्यवसायी समुदायका प्रतिष्ठित सदस्यहरुको ध्यानाकर्षण भएको थियो ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष गोकर्ण कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । उनको उपस्थितिले पोखराको बढ्दो निर्माण उद्योगको विकासमा टेवा पु¥याउने यस नयाँ उद्यमको महत्वलाई उजागर गरेका थिए ।
कार्यक्रममा बोल्दै कजरियाका निर्देशक हिमांशु अग्रवालले नयाँ शोरुमको बारेमा उत्साह व्यक्त गरे । उनले भने, “पोखरा प्रिमियम बजार हो, यहाँ कजरिया टाइल्सको माग सधैं उच्च रहँदै आएको छ । पोखराका जनताले कजरियालाई निरन्तर माया र विश्वास गर्दै आएका छन्, त्यसैले हामीले उनीहरूलाई उत्कृष्ट कजरिया टाइल्समा सहज पहुँच सुनिश्चित गरेका छौं । यो शोरुमले उच्च गुणस्तरका उत्पादन र सेवाहरु प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सङ्केत गर्दछ” ।
मनमोहक प्राकृतिक सुन्दरता र जीवन्त पर्यटन उद्योगका लागि परिचित पोखरा नेपालको सबैभन्दा तीव्र गतिमा विकास भइरहेको शहरमध्ये एक हो । यसको सुन्दर तालहरू, आकर्षक पहाडहरू र विस्तारित पूर्वाधारको साथले गर्दा शहर प्रिमियम रियल इस्टेट र निर्माण परियोजनाहरूको लागि एक हब बनेको छ । कजरियाको उपस्थितिले घरधनी, आर्किटेक्ट र ठेकेदारहरूलाई विश्वस्तरीय टाइलहरू प्रदान गरेर यी विकासहरूलाई समर्थन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

नयाँ शोरुम रणनीतिक रुपमा शिव चोकमा अवस्थित छ, जसले ग्राहकहरुलाई प्रिमियम टाइल्सको विस्तृत श्रृंखलाको अन्वेषण गर्नको लागि सुविधाजनक बनाउँदछ । गुणस्तर र नवप्रवर्तन प्रति कजरियाको प्रतिबद्धताले पोखरामा निर्माण सामग्रीको बढ्दो मागलाई पूरा गर्ने मात्र नभई यस क्षेत्रमा आर्किटेक्चरल उत्कृष्टताका लागि नयाँ मापदण्ड पनि स्थापित गर्नेछ । प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजरियाको लागि महत्वपूर्ण कोसेढुङ्गा हो ।
रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजरिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजरिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


