भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा
काठमाडौं । सोनाम ल्होसारको अवसर पारेर गायक विजय लामाले राजधानीको टुँडिखेलमा सांगीतिक प्रस्तुति दिने भएका छन्। २८६१औं सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुति दिने भएका हुन्।
विजय लामा एण्ड द व्याण्डको प्रस्तुति रहने कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीत नखानु पानी तोङबाको, उँभो उँभो लेकमा म जाँदा, रोसी खोला पारी, माया है बस्ला रसैलेलगायतका एक दर्जन बढी गीत गाउने छन्। लोसार मूल समारोह समितिको आयोजनामा हुन लागेको कार्यक्रमको व्यवस्थापक नमस्ते साउण्ड रहेको छ।
यसैबीच टुँडिखेलको कार्यक्रम सकिए लगत्तै भोलीपल्ट नै गायक लामा सांगीतिक प्रस्तुतिका लागि दुबई उड्नेछन्। उनले फेब्रुअरी १ तारिखका दिन दुबईको क्लब याक एण्ड यती एभरेष्ट बार दुबईमा एकल सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रमको आयोजक दुबई नेपाली रक्स रहेको गायक लामाले जानकारी दिए। पछिल्ला दिनमा सामाजिक काममा पनि व्यस्त गायक लामाले देशभरका गरिव र टुहुरा असहायका लागि काम गरिरहेका छन्।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

