महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो
प्रयागराज । भारत, उत्तर प्रदेशको प्रयागराजमा रहेको महाकुम्भ मेलामा मौनी अमावस्याको दिन बुधबार बिहान अमृतस्नानका क्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
महाकुम्भमा भएको भागदौडमा ३० जनाको ज्यान गएको डिआइजी महाकुम्भ वैभव कृष्णले बताए । उनका अनुसार २५ जनाको सनाखत भइसकेको छ भने बाँकी ५ जनाको सनाखत हुन बाँकी रहेको छ ।
यससँगै उनले यो भागदौडमा कूल ६० जना घाइते भएका छन भने जसमध्ये ३६ जना अस्पतालमा भर्ना रहेको बताए । अन्य व्यक्तिलाई प्राथमिक उपचार दिइएर पठाइएको छ । विजय किरण आनन्द र वैभव कृष्ण डीआईजी महाकुम्भले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । केही व्यक्तिले ब्यारिकेड तोडेर अगाडि जान खोजेकाले उक्त दुर्घटना भएको उनले बताएका छन् ।
डिआइजी वैभव कृष्णले ब्रह्म मुहूर्त अघि ठूलो भीडको चाप रहेको र त्यसपछि ब्यारिकेडहरू तोडियो। प्रशासनले ९० जनालाई अस्पताल पुर्याएको थियो । ३६ घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मेला क्षेत्र र अखाडाका केही ब्यारिकेड फुटेका कारण दुर्घटना भएको हो । दौडिरहेका भक्तहरूको खुट्टा मुनि भुइँमा लडिरहेका भक्तहरू दबिएका थिए। प्रहरीका अनुसार मेला प्रशासनमा कुनै पनि भिआइपी प्रोटोकल थिएन, भक्तजनहरु ब्रह्म मुहूर्तको पर्खाइमा थिए । त्यसपछि पछाडिबाट भीडको दबाब आयो र यो दुर्घटना भयो।
भीडको दबाबका कारण भागदौडजस्तै अवस्था सिर्जना भए पनि घटनापछि प्रहरी प्रशासनले प्रभावकारी रूपमा नियन्त्रण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उत्तर प्रदेश प्रहरीको द्रुत प्रतिक्रियाका कारण ठूलो दुर्घटना हुन नसकेको स्थानीयको भनाइ छ । दुर्घटनामा परेका प्रत्यक्षदर्शीले प्रहरी कर्मचारी हाम्रा लागि ईश्वरको सन्देशवाहक बनेर आएको नत्र ठूलो संख्यामा ज्यान गुमाउन सक्ने बताएका छन् ।
मौनी अमावस्याका कारण महाकुम्भ मेलामा ठूलो संख्यामा भक्तजन पुगेका थिए । बुधवार रातीदेखि नै शुभमुहूर्तमा संगममा डुब्नका लागि भक्तजनहरु तयार भएका थिए । यसैबीच भागदौडको घटना भएको हो । त्यसपछि प्रहरी प्रशासन अलर्ट मोडमा आयो । त्यस्तै मेला क्षेत्रमा सवारी साधन निषेधित क्षेत्र घोषणा गरिएको छ । सवारी साधनको प्रवेश पास रद्द गरिएको छ । बाटो एकतर्फी बनाइएको । प्रयागराज छेउछाउका ५ जिल्लाबाट आउने सवारी साधन जिल्लाको सिमानामा रोकिएका छन् । सहरमा चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा पनि रोक लगाइएको छ ।
सम्बन्धित समाचार
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

