Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, १७
जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस्

काठमाडौं । जीरा वा मेथीको दाना, जो तौल घटाउनको लागि काम लाग्छ। खासमा जीरामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले पाचन सुधार गर्ने काम गर्दछ। शरीरलाई पोषक तत्व अवशोषित गर्न र पाचन कार्यलाई समर्थन गर्न मद्दत गर्न सक्छ।

जीरा र मेथीको दाना दुवैले तौल घटाउन मद्दत गर्छ। जीराले पाचन र चयापचय सुधार गर्न सक्छ। मेथीको दानाले भोक कम गर्न र तृप्तीको अनुभूति बढाउन मद्दत गर्छ।

बिहान सबेरै खाली पेटमा मेथी र जीराको पानी पिउनाले पेटसँग सम्बन्धित धेरै समस्याबाट छुटकारा पाउँछ र पाचन र चयापचय सुधार गर्दछ। मेथीको दानाले भोक कम गर्न र तृप्तीको अनुभूति बढाउन मद्दत गर्छ। मेथी जीराको पानी पाचनका लागि रामवाण उपाय मानिन्छ। हरेक दिन यसको प्रयोग गर्नाले पाचन प्रणाली राम्रो रहन्छ।

मेथीको दानाबाट बनेको पेय पिउनाले मधुमेह नियन्त्रण गर्न सकिन्छ । मधुमेहका बिरामीले चिकित्सकको सल्लाहमा यसको सेवन गर्न सक्छन् । एक एक चम्चा जीरा र मेथीको दानालाई एक गिलास पानीमा भिजाएर रातभर राख्नु होस्। यो बिहान राम्रो फुल्नेछ। यस पछि यसलाई खाली पेटमा पानी फिल्टर नगरी प्रयोग गर्नुहोस्।

यसलाई पिउनाले अनुहारमा अचम्मको चमक आउँछ, छाला सुन्दर बन्छ र धेरै प्रकारका स्वास्थ्य सम्बन्धी समस्या निको हुन्छ।

naima expoTop Changing Nepal

युट्युब सट्स