Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

ह्वाइट हाउस नजिकै ६४ यात्रु सवार विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएर नदीमा खस्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, १७
ह्वाइट हाउस नजिकै ६४ यात्रु सवार विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएर नदीमा खस्यो

काठमाडौं । अमेरिकाको राजधानी वाशिङ्टन डीसी नजिकै रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको छ। स्थानीय समयानुसार बेलुकी ९ बजेतिर आकाशमै हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीस्थित पोटोम्याक नदीमा खसेको छ।

उक्त उडानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार रहेका थिए । यात्रुवाहक विमान कन्सास सिटीबाट राजधानीतर्फ जाँदै गर्दा हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको हो। दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ भएको र त्यसमा तीन सैनिक सवार रहेको एक अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएका छन् ।

विमानस्थल नजिकैको ठक्करपछि सबै उडान र अवतरण रोकिएका छन्। विमान र हेलिकप्टरका भग्नावशेष नदीमा खसेका छन्। दुर्घटनापछि खोजी तथा राहत कार्य जारी छ।

naima expoTop Changing Nepal

युट्युब सट्स