बाल मनोविज्ञान बोकेको ‘सारंग’ माघ २५ बाट दर्शकमाझ आउँदै
काठमाडौं । बाल मनोविज्ञानमा आधारित रहेर निर्माण भएको चलचित्र ‘सारंग’ प्रदर्शनको संघारमा छ । यहि माघ २५ गतेबाट दर्शकमाझ आउन लागेको चलचित्रको ट्रेलर, टिजरले राम्रो प्रभाव पारिरहँदा सोहि ुहाइपुलाई हलसम्म तान्न निर्माण टिम अग्रसर छ ।
बदलिँदो नेपाली समाजमा बाबु आमाबीचको मतभेदले बच्चामा पर्ने प्रभाव, बालसगीबीचको प्रेम र बाल मित्रताको समर्पणलाई केन्द्रमा राखेर निर्देशक प्रशान्त तामाङले ुसारंगु तयार पारेका छन् । चलचित्रको सार्वजनिक प्रचार सामग्रीहरूले सोहि संकेत गर्छन् । शहरिया जीवनशैलीमा अभ्यस्त परिवारको दैनिकीले बाल मस्तिष्कमा पार्ने असरलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक तामाङ बताउँछन् ।
बाल मनोविज्ञानको अवस्था चलचित्रले बोकेको छ, तर यो भन्दैगर्दा चलचित्र त्यति मात्रै होइन्, निर्देशक तामाङ भन्छन्, ुचलचित्रमा हुनुपर्ने मनोरञ्जनको पूर्ण प्याकेज सबै पाउनुहुन्छ, प्रेम, रोमान्स, द्वन्द्व र रोदनको समिश्रण ुसारंगु हो । बाल मनोविज्ञान, बाल अधिकार, धनी र गरिब परिवारबीचको खाडलको यथार्थता लगायतका पक्षलाई चलचित्रले समेटेको तामाङले बताए ।
चलचित्रमा प्रमुख पात्र रहेका रहेका दुई बाल कलाकार सम्राट थापा र आदित्य कार्कीको टिजर, ट्रेलर र सार्वजनिक गीतमा प्रस्तुत अभिनयले यतिबेला प्रशंसा पाइरहेको छ । यो चलचित्रमा सम्राट र आदित्यसँगै अभिनेत्री ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ प्रमुख अभिनयमा छन् ।
राजधानीमा हालै गरिएको विशेष प्रदर्शनीमा दर्शकले चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् । मंगलबार लाबिङ मलमा सम्पन्न प्रिमियरमा अभिनेत्री ऋचा शर्मासहितका कलाकारहरूले सँगै चलचित्र हेरेर दर्शक प्रतिक्रिया लिएका थिए । ऋचाले दर्शकसँग फिल्म हेर्दा आफुले आँशु थाम्न नसकेको बताइन् । यो चलचित्र गरिसकेपछि घरमा बच्चासँग चर्को स्वरले बोल्नसम्म छोडेकी छु, ऋचाले भनिन्, ‘बाबुआमाले गर्ने व्यवहारले बालबच्चामा कस्तो असर पार्छ, परिवारले बच्चालाई कस्तो संस्कार सिकाउने त्यो सबै सारंगले बोकेको छ ।’
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह(निर्माता रहेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् । स्टेशन ५ ले वितरण अधिकार लिएको छ ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


