एनएलजी इन्स्योरेन्सको आजदेखि ३ लाख १७ हजार कित्ता सेयर लिलामी बिक्री खुला
काठमाडौं । एनएलजी इन्स्योरेन्सले आज आइतबार (माघ २० गते) देखि ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर रहेको छ ।
आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ । यसअघि इन्स्योरेन्सले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा संस्थापक समूहमा न्यूनतम १० हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट


