अमेरिकी बिदेश मन्त्रीकाे पहिलाे भ्रमण पनामाबाट, नामा नहर चीनको नियन्त्रणमा हुन नहुनेमा जोड
वासिंगटन डिसी। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामाका राष्ट्रपतिसँग भेटघाट गरेका छन् । सो क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामा नहरमा चीनको प्रभाव र नियन्त्रणबारे पनामालाई चेतावनी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
उनले भने, अमेरिकाबाहेक अरूको भुमिका अस्वीकार्य रहेको छ । उनले पनामा नहरमा नियम परिवर्तन भए अमेरिकाले आवश्यक कदम चाल्नेसमेत बताएका छन् ।
रुबियोले पनामा सिटीमा पनामाका राष्ट्रपति जोसे राउल मुलिनो र विदेशमन्त्री जाभियर मार्टिनेजसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोतर्फवाट चिन्ता व्यक्त गरेको सन्देश दिएका थिए।
‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पानामा नहर क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको वर्तमान स्तरको प्रभाव र नियन्त्रणलाई खतरामा पार्ने प्रारम्भिक निर्णय गर्नुभएको छ,’ राज्य विभागका प्रवक्ता ट्यामी ब्रुसले एक विज्ञप्तिमा भने। रुबियोले वर्तमान अवस्था अस्वीकार्य र तत्काल परिवर्तन नभएको स्पष्ट पारेनन मात्रै, संयुक्त राज्य अमेरिकाले पनामाको स्थायी तटस्थता र सञ्चालनको सन्दर्भमा सन्धि अन्तर्गत आफ्नो अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्न आवश्यक रहेकोसमेत जनाए ।
रुबियो अमेरिकी उच्च कूटनीतिज्ञको जिम्मेवारी सम्हाले पछि पहिलो पटक पनामा पुगेका हुन् । समाचार अनुसार रुबियोको मध्य अमेरिकाका राष्ट्रहरू पानामा, एल साल्भाडोर, कोस्टारिका, ग्वाटेमाला र डोमिनिकन गणतन्त्र मध्ये पनामा भ्रमण गर्ने छनौट एक जानाजानी छनोट थियो। अमेरिकी विदेशमन्त्रीका रूपमा रुबियोको यो पहिलो विदेश भ्रमण हो । उनको भ्रमण यस्तो समयमा भएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहरको सञ्चालन माथिको नियन्त्रण अमेरिकालाई फिर्ता गर्नुपर्ने मागसहित छिमेकी राष्ट्र र सहयोगीमाथि दबाब बढाइरहेका छन् ।
सम्बन्धित समाचार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


