उर्लाबारीका आइफोन रिटेलर कार्कीको पसलबाट तीन करोड बढीको मोबाइल चोरी
काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका-५ मा रहेको ‘मोबाइल वर्ल्ड’ पसलमा चोरी भएको छ। उर्लाबारी नगरपालिका-७ का योगराज कार्कीले सञ्चालन गर्दै आएको मोबाइल वर्ल्डमा सोमबार बिहान राति चोरी भएको हो।
सटरको ताला फुटाएर एक समूहले कार्कीको पसलबाट ठूलो परिमाणमा मोबाइल तथा नगद चोरी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाका अनुसार सटरको ताला फुटाएर विभिन्न ब्रान्डका मोइबाल तथा नगद चोरी भएको हो।
‘बिहान राति १२ देखि १ बजेको समयमा चोरी भएको अनुमान गरिएको छ, के कति परिमाणमा मोबाइल तथा नगद चोरी भएको भन्नेबारे हाम्रो टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ,’ चिमरियाले भने, ‘चोरी गर्ने समूहको खोजीमा प्रहरी जुटेको छ।’
पसल खोल्न जाँदा चोरी भएको थाहा पाएपछि सञ्चालक कार्कीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा सोमबार बिहान ९ बजे खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान थालेको छ।
सञ्चालक कार्कीका अनुसार पसलको गल्लाबाट ९ लाख रुपैयाँ नगद चोरी भएको छ। यसबाहेक विभिन्न ब्रान्डका साढे तीन सय थान मोबाइल चोरी भएको छ।
कार्की मुख्यतया पूर्वमा एप्पल कम्पनीको आइफोन मोबाइलका रिटेलर व्यवसायीको रुपमा परिचित छन्। उनले आइफोन नयाँ र पुराना (सेकेन्डह्यान्ड) मोबाइल बिक्री गर्दै आएका छन्।
यसबाहेक उनले सामसङ, रियलमी, रेडमी कम्पनीका मोबाइलहरू बिक्री गरिरहेका छन्। ‘एप्पलका नयाँ र पुराना मात्रै गरेर एक करोड रुपैयाँको मोबाइल चोरी भएको छ,’ कार्कीले भने, ‘विभिन्न ब्रान्डका मोबाइल गरेर ३५० थान चोरी भएको छ।’
सबै विवरण मूल्यांकन गर्दा तीन करोड बढीको सामान चोरी भएको कार्कीले बताए। उनका अनुसार चोरी गर्ने समूहले उर्लाबारी चोकबाट दुई सय मिटर पश्चिममा बोरामा खोल फालेर मोबाइल तथा चार्जरहरू लगेको देखिएको बताए।
‘सञ्चालकले तीन-चार करोडको सामान हराएको भन्नुभएको छ, के कति चोरी भएको हो अनुसन्धान समूहले विस्तृत विवरणको लेखा-जोखा गरिरहेको छ,’ प्रहरी उपरीक्षक चिमरियाले भने।
सञ्चालक कार्कीले आफ्नो व्यवसायमा ठूलो नोक्सानी भएकाले चाँडो अनुसन्धान गरी चोरी गर्ने समूहलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। ‘मेरो सर्वस्व लुटिएको छ, चोरी गर्ने समूहको पहिचान चाँडै होस्, म न्यायको प्रतिक्षामा छु,’ कार्कीले भने।
कार्की विगत १८ वर्षदेखि उर्लाबारीमा मोबाइल पसल सञ्चालन गर्दै आएका छन्। यसअघि २०८० साल भदौमा समेत कार्कीको पसलबाट लाखौंको चोरी भएको थियो।
सम्बन्धित समाचार
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

