भन्सार छलेर ल्याइएको ५६ लाख रुपैयाँ बराबरको सामान बरामद
जानकारी केन्द्र
२०८१, माघ, २२
काठमाडौं । पर्सा प्रहरीले लाखौंको भन्सार छलीका सामान बरामद गरेको छ। पर्साका विभिन्न स्थानबाट मंगलबार प्रहरीले ५६ लाख ४६ हजार ४२९ रुपैयाँ बराबरको सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, इलाका प्रहरी कार्यालय लंगडी र प्रहरी चौकी सिर्सियाको टोलीले एक दिनमा उक्त परिमाणको सामान बरामद गरेको हो।
बरामद सामानमा इलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सुर्ती, चप्पल लगायत छन्। तीन वटा ट्याक्टरमा लोड गरेर ल्याइएको उक्त सामान भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। पर्सा तस्करीजन्य तथा सीमा अपराध अत्यधिक हुने जिल्ला हो।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


