संसदमा रास्वपाको मागः रबि लामिछानेको निलम्बन फुकुवा गरियोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको निलम्बन फुकुवाको माग गरेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परी चार स्थानवाट धरौंटीमा रिहा भइरहेका सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेको हो ।
प्रतिनिधिसभाको जारी बोल्दै कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले उक्त माग गरेका हुन् । ‘पुर्वाग्रही तरिकाले थुनामा राखेको र अहिले धरौंटीमा रिहा भइसकेका हाम्रा सभापति रबि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दछु‚’ उनले बैठकमा भने ।
सांसद अर्यालले लामिछानेमाथि सरकारले प्रतिशोध साँधिरहेको दावी गर्दै सदनले पनि त्यसलाई समर्थन गरेको अनुभूति भएकोसम्म भन्न भ्याएका छन । उनले सभापति लामिछानेको निलम्बन फुकुवा नगरे त्यसको मुल्य महंगो पर्ने पनि जनाए ।
बिभिन्न सहकारीवाट ग्यालेक्सी टिभीमा रकम लगेको अभियोगमा लामिछानेमाथी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्दीकरणका मुद्दा चलिरहेको अवस्था छ ।
सोही अभियोगमा सभामुख देवराज घिमिरेले लामिछानेलाइ पद निलम्बन गरेका थिए । तर, लामिछाने भने कास्की, काठमाडौं, रूपन्देही र चितवनवाट २ करोड भन्दा माथी धरौंटी दिएर रिहा भइसकेका छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


