फिल्म ‘परालको आगो’ मा अनुबन्धित भए जितु नेपाल
काठमाडौँ । गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’ मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट निर्माता सुशील पोखरेलले जितुसँग मंगलबार लिखित सम्झौता गरेका हुन् । प्राप्त जानकारी अनुसार फिल्ममा जितुले जुठे दमाईको भूमिका निभाउनेछन् ।
यसअघि फिल्ममा अभिनेत्री सुहाना थापा गौँथलीको भूमिकामा अनुबन्ध भइसकेकी छन् । उनको जोडी अभिनेता खगेन्द्र लामिछानेसँग बाँधिने लगभग निश्चित छ । खगेन्द्रसँग निर्माताको लिखित सम्झौता मात्र हुन बाँकी छ । उनी फिल्ममा जोडिएको अवस्थामा चामेको भूमिका निभाउनेछन् । ‘परालको आगो’ श्रीमान्-श्रीमती चामे र गौँथलीको कथा हो ।
लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा सत्यराज आचार्य र स्वरुपराज आचार्यको संगीत हुनेछ । फिल्मका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन् । आगामी जेठबाट छायांकनको तयारी गरिएको फिल्मको प्रदर्शन दशैं छेकोमा हुने जनाइएको छ ।
फिल्ममा सुशील देवकोटाको लेखन छ । करिब ४५ वर्षअघि ‘परालको आगो’ कथामा निर्देशक प्रताप सुब्बाले पनि फिल्म बनाएका थिए । यसपटक भने लोकेसन, प्रस्तुतिकरण तथा पटकथालाई फरक किसिमले प्रस्तुत गर्न लागिएको निर्माता पोखरेलको भनाइ छ । पोखरेलले यसअघि ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ फिल्म निर्माण गरिसकेका छन् ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


