Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

बेलुन पडकिएर अर्थमन्त्री पौडेल र पोखराका मेयर घाइते, लगियो अस्पताल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, ३
बेलुन पडकिएर अर्थमन्त्री पौडेल र पोखराका मेयर घाइते, लगियो अस्पताल

पोखरा । बेलुन पडकिएर उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर आचार्य घाइते भएका हुन ।

भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएको जनाइएको छ ।

दुवै जनालाई उपचारको लागि अस्पताल लगिएको छ । विस्तृत जानकारी आउँन बाँकी रहेको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स