Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

बारामा ट्रकको ठक्करबाट मोटरसाइकल यात्रीको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, ५
बारामा ट्रकको ठक्करबाट मोटरसाइकल यात्रीको निधन

बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित सडकमा आइतबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले ना ४० प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार जीतपुरसिमरा उपमहानगरपालिका १ निवासी ३० वर्षीय उदित नारायण झाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका झालाई उपचारका लागि एलएस न्यूरो अस्पताल, परवानीपुरमा लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स