प्रोटन इमास सेभेन पानको नेपाल भ्रमण सुरु
काठमाडौं । नेपालको बहुप्रतिक्षित इभी कार प्रोटनले बुधबार काठमाडौँबाट आफ्नो इमास ७ पान नेपाल भ्रमण सुरु गर्दैछ । यो भ्रमण मलेसियाली इमास ७ भ्रमणको विस्तार हो ।
यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्ने जनाइएको छ । यो भ्रमणले इमास ७ को नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव प्रदर्शन गर्दै यसको दिगोपन, पर्यावरणमैत्री गतिशीलता र समाधानहरूप्रति ब्रान्डको प्रतिबद्धतालाई पनि देखाउनेछ ।
प्रोटन इमास ७ भ्रमणले नेपाली उपभोक्ताहरूलाई सवारी साधनको प्रत्यक्ष अनुभव गराउन संलग्न गराउने लक्ष्य राखेको बताइएको छ । यसले तराई, पहाडी सडकदेखि हिमाली क्षेत्रहरूसम्मका विविध भूभाग र परिदृश्यहरू समेट्ने छ ।
भ्रमणबारे जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु क्षेत्री भन्छन्,‘ प्रोटन इमास ७ नेपालको अद्वितीय भू-भाग परीक्षण गर्न यो यात्रामा निस्कन पाउँदा गर्व गर्छ । यो भ्रमणले ग्राहकहरुसँगको सम्बन्ध बलियो बनाउन, सबै क्षेत्रका ग्राहकलाई प्रोटन इमास ७ को बारेमा जानकारी दिन मद्दत गर्नेछ ।’
प्रोटोन इमास सेभेनको टिकाउपन, विश्वसनीयता र गुणस्तरले यसको इन्जिनियरिङ उत्कृष्टतालाई देखाउँछ । मार्च २०२५ मा नेपालमा लन्च हुने प्रोटन इमास सेभेन दुई भेरियन्ट प्राइम र प्रिमियममा उपलब्ध हुने जगदम्बा मोटर्सले जनाएको छ ।
प्रोटन इमास सेभेन मलेसियामा गत डिसेम्बरमा लन्च भएकाे थियाे । प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि इमास सेभेन इभी लन्च गर्ने तयारी गरेको छ ।
इमास सेभेनले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको कम्पनीले जनाएकाे छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ ।
शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौं ल्याउने र मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।
प्रोटन इमास ७ भ्रमणको थप जानकारी लिनका लागि सामाजिक सञ्जालमा फलो गर्न र वेबसाइटमार्फत् सवारी साधनहरूको बारेमा जानकारी लिन सकिने बताइएको छ ।
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


