बिपी राजमार्गमा कारले दियो मोटरसाइकललाई ठक्कर, दुई घाइते
जानकारी केन्द्र
२०८१, फाल्गुन, ९
काठमाडौं । काठमाडौंबाट विराटनगर जाँदै गरेको कारले बिपी राजमार्गमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। सिन्धुली प्रहरीका इन्स्पेक्टर सुनिलप्रसाद चौरसियाका अनुसार शुक्रबार बिहान १० बजे गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा कारले मोटरसाइकललाई ठक्कर दिएको हो।
घाइते हुनेमा मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-५ का ३० वर्षीय सूर्यप्रसाद आचार्य र पछाडि सवार बारा जितपुर सिमरा उपमहानगरपालिका-४ का ३१ वर्षीय लोकनाथ वाग्ले छन्। घाइतेमध्ये आचार्यको अवस्था गम्भीर रहेको चौरसियाले बताए। दुबैको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।
बिएसी १९७९ नम्बरको कारले बर्दिवासबाट काठमाडौं जाँदै गरेको ना३०प ८३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
कार र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको बताइएको छ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

