एप्पलको सस्तो आइफोन लन्च, यस्ता छन् फिचर
काठमाडौं । एप्पलले नयाँ आइफोन १६ इ लन्च गरेको छ । एप्पलले सस्तो मुल्यमा आइफोन १६ को इ सिरिज लन्च गरेको हो ।
एप्पलले आइफोन १६ को इ सिरिज कालो र सेतो गरि दुई रंगमा उपलब्ध हुने जनाएको छ ।
यस फोनमा आईफोन १६ सिरिज जस्तै, ८ जीबी र्याम, एप्पल इन्टेलिजेन्स प्रविधि, ओएलइडी प्यानलमा आधारित ६.१ इन्चको डिस्प्ले, ४८ एमपी सिंगल क्यामेरा रहेको छ । साथै पछिल्लो जेनेरेसनको ए १८ चिपको प्रयोग गरिएको यस फोनको ब्याट्री लाइफ पनि आइफोन ११ र १२ भन्दा बढी रहेको एप्पलले बताएको छ । साथै यस फोनलाई वायरलेस र युएसबी सी टाइपबाट चार्ज गर्न सकिने छ ।
साथै यस फोनमा च्याटजिपिटी इन्ट्रीग्रेट गरिएको छ भने यसलाई राइटिङ टुल र सिरीबाट प्रयोग गर्न सकिने एप्पलले जनाएको छ ।
एप्पलले फेब्रुअरी २१ देखि यी फोनको प्रि-अर्डर बुक गर्न सकिने र फेब्रुअरी २८ देखि ग्राहकलाई डेलिभरी दिइने जनाएको छ । यस फोनको न्युनतम मुल्य ५९९ डलर रहेको छ ।
सम्बन्धित समाचार
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

