Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

नेपाल टेलिकमले माग्यो उप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म ६९ कर्मचारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, ९
नेपाल टेलिकमले माग्यो उप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म ६९ कर्मचारी

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदमा ६९ कर्मचारी मागेको छ। टेलिकमले शुक्रबार बिहान सूचना जारी गरी खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

उप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म ६९ कर्मचारी आवश्यक परेको टेलिकमले जनाएको छ। इच्छुक योग्य नागरिकले वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

आवेदन फागुन २९ गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ। दोब्बर दस्तुर तिरेर भने चैत ७ गतेसम्म दरखास्त दिन सकिने टेलिकमले जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स