दक्षिण अफ्रिकाको च्याम्पियन्स ट्रफीमा विजयी शुरुवात
काठमाडौँ । दक्षिण अफ्रिकाले आइसीसी च्याम्पियन्स ट्रफीमा विजयी शुरुवात गरेको छ । शुक्रबार राति पाकिस्तानको कराची नेशनल स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रन अन्तरले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४३.३ ओभरमा अल आउट हुदै २०८ रन मात्र बनाएपछि खेल १०७ रनले खेल हारेको थियो । अफगानिस्तानका लागि रहमत शाहले सर्बाधिक ९० रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेका थिएनन् ।
त्यस्तै दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्बाधिक ३ विकेट लिएका थिए भने लुंगी एन्गिडी र विआन मुल्डरले २-२ विकेट लिएका थिए । त्यस्तै मारको जानसेन र केशव महाराजले एक एक विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउदै ३१५ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि रयान रिकेलटनले शतकीय पारी खेलेका थिए । १०६ बल खेलेका रिकेलटन १०३ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान टेम्बा बाभुमाले ५८ रन बनाए भने रास्सी भान डेर दुसेनले ५२ रन बनाएका थिए ।
त्यसैगरी एडन मार्क्रमले अविजित ५२ रन बनाएका थिए भने डेभिड मिलरले १४ रन बनाएका थिए । त्यसैगरी अफगानिस्तानका बलर मोहमद नावीले २ विकेट लिए भने नूर अहमद, अजमतुल्लाह ओमारजाई र फाजलहक फारुकीले एक एक विकेट लिएका थिए ।
यो जितपछि समुह बि मा रहेको दक्षिण अफ्रिकाले महत्वपूर्ण २ अंक हासिल गरेको छ । त्यस्तै आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक च्याम्पियन्स ट्रफी खेलिरहेको अफगानिस्तानले भने हारबाट आफ्नो शुरुवात गरेको छ ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


