बास्किन रोबिन्सले गर्यो काठमाडौंको वसन्तपुरमा आफ्नो ३४औँ शाखाको उद्घाटन
काठमाडौँ । विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौँको ऐतिहासिक ठाउँ वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रा. लि. द्वारा सञ्चालित यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा रहेको बताइएको छ । यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुशी बाँड्ने यात्रामा अर्को महत्वपूर्ण कदम चालेको जनाएको छ ।
सहरको मुटुमा रहेको वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू नेपालकै ऐतिहासिक र जीवन्त स्थानहरु मध्ये एकमा ल्याएको बताएको छ । उद्घाटन समारोहमा नेपालको समृद्ध नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडि परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरियो ।
उक्त उद्घाटन कार्यक्रममा प्रख्यात नेपाली इनफ्लुएन्सरहरू र प्रमुख अतिथिमा नेपालको लागि अमेरिकी राजदूत श्री डीन आर. थम्पसन लगायत धेरै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । उहाँहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रतिष्ठित र रोमाञ्चक बनायो ।
बास्किन रोबिन्स आफ्नो ग्राहकहरूलाई उच्च गुणस्तरीय सामग्रीबाट तयार गरिएको विभिन्न फ्लेबरहरुको साथ खुशी दिन समर्पित रहनुका साथै यस ब्राण्ड नेपालमा विस्तार हुँदै गर्दा, आइसक्रिम प्रेमीहरूलाई विश्वभर मन पराईएका फ्लेबरहरु र गुणस्तरीय आइसक्रिमहरुको स्वाद दिँदै अघि बढिरहेको बताइएको छ ।
ग्राहकहरूलाई उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्न वसन्तपुरको नयाँ शाखा अब खुलिसकेको छ । चाहे त्यो मनपर्ने प्रचलित फ्लेबर होस् वा नयाँ फ्लेबर, बास्किन रोबिन्स नेपालका आइसक्रिम प्रेमीहरूको पहिलो रोजाइ बनेको जनाइएको छ।

सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


