यी हुन् भारतका नम्बर १ निर्देशक जसका फिल्मले सबैभन्दा बढी कमाई गरायो
हैदाराबाद । आजकल कुनै पनि चलचित्रको सफलता बक्स अफिसको नम्बरका आधारमा तय गरिने गरिएको छ । आजकल १०० वा २०० करोडको फिल्म बन्नु ठूलो कुरा हुन छाडेको छ तर के तपाईलाई थाहा छ भारतीय सिनेमाका महान निर्देशक को हुन् ? जसको कुनै पनि फिल्म अहिलेसम्म फ्लप भएको छैन् बरू बक्स अफिसमा सदैव तहल्का मच्चाइरहेको हुन्छ । जसको सफलताको दर शत प्रतिशत नै छ ।
यदि तपाईको दिमागले तपाईलाई भन्साली, करण जोहर, राजकुमार हिरानी देखि एट्लीसम्म मनमा आउँछ भने मान्नुस, तपाइको बुझाइ गलत हुन जान्छ किनभने यो गलत जवाफ हो। त्यसोभए हामी तपाईलाई बक्स अफिसमा ४२ सय करोड भारतीय रूपैयाँ कमाउने महान निर्देशकको बारेमा बताउने छौं।
संकेत दिन्छौं कि यो निर्देशक बलिउडका होइनन्। उनी साउथ फिल्म इन्डस्ट्रीबाट आएका हुन र उनले आफ्ना १२ वटा फिल्मबाट ४२०० करोडभन्दा बढी कमाइ सकेका छन्। जसका कारणा उनलाइ ब्लकबस्टर मेसिन भनिन्छ। जसको आवाज देशमा मात्र नभएर विश्वभरसमेत सुनिएको छ ।
उनी अरू कोही होइनन्, भारतका सबैभन्दा सफल फिल्म निर्देशक एसएस राजामौली हुन्, जसका फिल्महरूले बक्स अफिसमा ४२ सय करोड भन्दा बढी कमाई गरिसकेको छ । उनी मूलतः तेलुगु सिनेमामा काम गर्छन्। जसको पान इन्डिया फिल्मले बक्स अफिसमा कमाई गरेको छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि उनी आफ्नो कथालाई पूर्ण न्याय गर्छन्। कथा, दृश्यदेखि एक्शनसम्म शक्ति छ । जसका कारण उनको फिल्मलाई फ्यानहरुले रुचाइरहेका छन र उनको फिल्म आउने भने पछि प्रतिक्षा गर्न पनि मुश्किल पर्छ ।
राजामौलीले आफ्नो अखिल भारतीय फिल्म बाहुबली र ग्लोबल हिट फिल्म आरआरआरबाट यो स्थान हासिल गरेका हुन्। उनका अघिल्ला फिल्महरू जस्तै ईगा र मगधीरासहित उनको फिल्मको कुल कमाई ४२५० करोड नाघिसकेको छ। बाहुबलीका दुवै फिल्मले मात्रै २४ सय करोडभन्दा बढी कमाइ गरेका थिए । यस मामिलामा त राजामौलीको कुनै प्रतिस्पर्धी नै छैन।
हिन्दी सिनेमाको सबैभन्दा धेरै कमाउने निर्देशक रोहित शेट्टी, हुन् जसका फिल्महरूले करिब ४२०० करोड कमाएको छ । उनी भारतको शीर्ष १० को सूचीमा दोस्रो स्थानमा छन्। यी दुबै निर्देशक हुन्, जसको फिल्मले ३००० करोड भन्दा बढी कमाई गरिको छ। यस हिसाबले यो भन्न सकिन्छ कि रोहित शेट्टी ती निर्देशक हुन्, जो राजामौलीसँग प्रतिस्पर्धा गरिरहेको देख्न सकिन्छ। तेस्रो सबैभन्दा धेरै कमाउने निर्देशक पुष्पा फिल्मका निर्देशक सुकुमार हुन्, जसका फिल्महरूले कुल २६५० करोड भन्दा बढी कमाई गरिसकेको छ । हिन्दी फिल्म निर्देशक सिद्धार्थ आनन्द र नितेश तिवारी शीर्ष ५ मा परेका छन्, जसको फिल्मले २४०० करोडभन्दा बढी कमाई गरेको छ। २००० करोडको क्लबमा राजकुमार हिरानी र प्रशान्त नील जस्ता नामहरू पनि समावेश रहेका छन्।
एसएस राजामौलीको करियरको बारेमा कुरा गर्दा उनले आफ्नो दशकौं लामो करियरमा केवल १२ चलचित्र मात्रै निर्देशन गरेका छन् र ती सबै बक्स अफिसमा सफल पनि भएका छन्। उनका प्राय सबै फिल्मले अघिल्लो फिल्म भन्दा धेरै कमाइ गर्ने गरेको छ । उनका पछिल्ला तीन चलचित्र अल टाइम ब्लकबस्टर साबित भएका छन् भने उनका थप दुई चलचित्र सुपरहिट वा ब्लकबस्टर भएका थिए ।
राजामौलीको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा उनी अहिले आफ्नो अर्को फिल्ममा व्यस्त छन्, जसमा महेश बाबु मुख्य भूमिकामा छन्। रिपोर्टका अनुसार यस फिल्ममा प्रियंका चोपडा पनि देखिने छिन् । फिल्मको नाम वा रिलिज मिति भने घोषणा गरिएको छैन, न त निर्माताले कुनै आधिकारिक घोषणा गरिसकेका छन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


