नाजिर र वर्षा पति-पत्नीको भूमिकामा रहेको फिल्म‘कल्ली’ को छायांकन सुरु
काठमाडौँ । फिल्म ‘कल्ली’को छायांकन सुरु गरिएको छ । आइतबार काठमाडौंको बौद्धस्थित एक घरबाट फिल्मको छायांकन शुरु गरिएको हो ।
फिल्मका लागि पहिलो सट उत्तम प्रधान, नाजिर हुसेन र वर्षा राउतले दिएका थिए । यसमा नाजिर र वर्षा श्रीमान्-श्रीमतीको भूमिकामा देखिँदैछन् । ३५ दिनको सेड्युलमा फिल्मको छायांकन काठमाडौंपछि जुम्लामा हुने बताइएको छ ।
लक्ष्मण सुनारले निर्देशनमा बन्ने यस फिल्ममा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतको पनि अभिनय रहनेछ ।
फिल्मको घोषणा हुँदा मुख्य भूमिकामा अभिनेता पल शाह रहेको भएपनि अहिले उनको स्थानमा सौगातलाई लिएर छायांकन शुरु गरिएको छ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् । महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् । निसाल पौडेलले फिल्मको छायांकन गरिरहेका छन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


