छावाका निर्मातालाई १०० करोड मानहानीको धम्की, निर्देशकले मागे माफी
मुम्बइ । बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘छावा’ले हलमा कमाईका नयाँ कीर्तिमान बनाउन व्यस्त रहेको छ । फिल्मले लगातार राम्रो कमाइ गरिरहेको छ । चलचित्र निर्देशक लक्ष्मण उतेकरको निर्देशनमा बनेको यो चलचित्र अझै पनि सुस्त हुन सकेको छैन ।
तर, योसँगै फिल्म विवादमा पनि परेको छ । वास्तवमा यो पिरियड ड्रामा फिल्मले इतिहाससँग छेडछाड गरेको र कतिपय पात्रलाई राम्रोसँग प्रस्तुत नगरेको आरोप लागेको छ । साथै, १०० करोडको मानहानीको मुद्दा हाल्ने धम्की समेत दिइएको छ । अब यस फिल्मका निर्देशक लक्ष्मण उतेकरले प्रतिक्रिया दिएका छन् ।
सबैलाई थाहा छ ‘छावा’ फिल्म महान शासक छत्रपति संभाजी महाराजको बायोपिक हो। यो चलचित्रमा सुरुदेखि नै मानिसको नजर र प्रतिक्षामा रहेको पनि थियो । सुरुमा फिल्मका केही नृत्य दृश्यलाई लिएर विरोध भएको थियो, त्यसपछि फिल्मले तत्काल कारबाही गर्दै ती आपत्तिजनक दृश्यहरू अन्तिम समयमा हटाएको थियो ।
अब यस फिल्मका दुई विशेष पात्रका सन्तान गणोजी शिर्के र कान्होजी शिर्केले विक्कीको फिल्ममा आफ्ना पुर्खाको पात्रको छवि तोडफोड गरी इतिहासलाई गलत ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको आरोप लगाएका छन् । गणोजी र कान्होजी शिर्केका १३ औं सन्तान लक्ष्मीकान्त राजे शिर्केले १०० करोड मानहानीको मुद्दा हाल्ने धम्की दिएका छन् ।
यसबारे निर्माण पक्षबाट पनि प्रतिक्रिया आएको छ । यो कुरा फिल्मका निर्देशक लक्ष्मण उतेकरलाई थाहा हुने बित्तिकै उनले तत्काल गणोजी शिक्रे र कान्होजी शिक्रेका परिवारलाई भेटेर माफी मागेको भारतीय सञ्चारमाध्यमले लेखेका छन ।
फिल्म छावासँग सम्बन्धित यो नयाँ विवादमा लक्ष्मण उतेकरले माफी मागेको जनाए । ‘हामीले फिल्म छावामा गणोजी र कान्होजी शिर्केको नाम मात्रै उल्लेख गरेका छौं । हामीले उनको थर पनि प्रयोग गरेका छैनौं। हामीले फिल्ममा हाम्रो कुनै पनि गाउँको उल्लेख नगर्ने ख्याल राखेका छौं। शिर्के परिवारलाई दुख दिने हाम्रो मनसाय कहिल्यै थिएन । यदि छावाले कसैलाई कुनै किसिमको अप्ठ्यारो परेको छ भने म माफी माग्न चाहन्छु ।’
फिल्मको बारेमा कुरा गर्दै छावाले रिलिज भएको १० दिनमा विश्वभर ४४४.५० करोड कमाइ सकेको छ । यो कमाउने क्रम जारी रहेको छ ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


