Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

विक्की काैशलकाे पाँच सय कराेड कमाउने पहिलाे फिल्म बन्याे ‘छावा’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, १४
विक्की काैशलकाे पाँच सय कराेड कमाउने पहिलाे फिल्म बन्याे ‘छावा’

मुम्बई । ऐतिहासिक एक्शन ड्रामा छावा ग्लोबल बक्स अफिसमा नयाँ उचाइमा पुगेकोछ । सन २०२५ मा पहिलो भारतीय चलचित्र बन्यो, जसले ५०० करोड ग्रस कलेक्सन पार गर्न सफल भएको हो ।

सैकनिल्कका अनुसार यो उपलब्धी हासिल गर्नका लागि सो फिल्मले १२ दिनको मात्र समय लिएको थियो । यो माइलस्टोन हासिल गर्न सबैभन्दा छिटो हिन्दी भाषाको फिल्म पनि बनेको छ ।

छावाले १२ दिनमा लगभग ५१० विश्वव्यापी ग्रस कलेक्सन गरिरहेको छ । जसमध्ये घरेलु कलेक्सन मात्रै लगभग ४३५ करोड भएको छ भने भने विदेशमा अनुमानित ७५ करोड कमाउन सफल भएको को । यो वर्षको सबैभन्दा ठूलो भारतीय सिनेमाको कमाइ हो, दोस्रो भने ‘संक्रान्तिकी वास्तुनम’ ले लगभग २  विश्वभर २५०ं करोड कमाएको थियो ।

यो भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने ऐतिहासिक महाकाब्य हो र चाँडै नै यस विधामा विश्वव्यापी रूपमा सबैभन्दा ठूलो भारतीय कमाउने पद्मावतको शीर्ष स्थानमा हुनेछ। विक्की कौशलको लागि ‘छावा’ उनको पहिलेको सबैभन्दा धेरै कमाउने फिल्मसमेत बनेको छ । ‘द सर्जिकल स्ट्राइक’को ३९२ करोडको कमाइलाई पछि पार्दै छावावाट पहिलो ५०० करोड विश्वव्यापी कमाईको रेकर्ड बनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स