जिमेलको टू स्टेप भेरिफिकेसन अब क्यूआरबाट
काठमाडौँ । अब जिमेल लगइनमा दुई-चरणको प्रमाणिकरण (टू स्टेप भेरिफिकेसन) क्यूआर कोड मार्फत हुने भएको छ । गुगलले ६ अंकको एसएमएसको सट्टा क्यूआर कोड स्क्यान गरेर प्रमाणीकरणको विकल्प ल्याउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ । जीमेल मार्फत हुने साइबर ठगी रोक्न गुगलले यो निर्णय गरेको हो ।
साइबर ठगी र नक्कली खाताहरू सिर्जना हुनबाट रोक्नको लागि, गुगलले दुई-चरण प्रमाणीकरणको विकल्प सुरु गरेको थियो, जसमा मोबाइल नम्बरमा ६ अङ्कको कोड एसएमएस मार्फत मोबाइलमा आउँछ र त्यस मार्फत प्रमाणीकरण गरिन्छ । तर साइबर अपराधीहरूले यसमार्फत फोन ह्याकिङ, सिम स्वापिङ र फिसिङ जस्ता घोटाला पनि गरिरहेपछि नयाँ विकल्पको रुपमा क्यूआर कोडको प्रयोग गर्न लागिएको हो ।
गुगलको यो निर्णयको पछाडि ट्राफिक पम्पिङ वा टोल ठगी पनि कारण हो । यस ठगीमा, साइबर अपराधीहरूले मानिसहरूको टेलिफोन वा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल प्रणालीहरू प्रयोग गर्छन् र उनीहरूलाई अनावश्यक र अवैध टोल शुल्क वा अन्य शुल्क तिर्न बाध्य पार्छन्। यसमा अपराधीहरूले हरेक सन्देशको लागि पैसा पाउँछन् ।
जीमेलका प्रवक्ता रस रिचेन्डरफरले एसएमएस कोडहरूले प्रयोगकर्ताहरूका लागि जोखिम निम्त्याउने बताए । कम्पनीले सुरक्षालाई अझ सुदृढ पार्न र ह्याकर आक्रमणहरू रोक्न र कम गर्न काम गरिरहेको बताएको छ । क्यूआर प्रमाणीकरण मार्फत जीमेल खाताहरू पहिलेभन्दा बढी सुरक्षित हुने कम्पनिको दाबि छ ।
सम्बन्धित समाचार
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

